Comments Add Comment

राजकिशोर ठाकुरको शव परिवारजनले बुझे

गौतम श्रेष्ठ

१५ भदौ, रौतहट । एक साता अघि गौरमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरको शव मंगलबार परिवारनले बुझेका छन । ८ भदौ मंगलवारका दिन घरबाट औषधी उपचारका लागी सदरमुकाम गौर गएका ठाकुरको प्रहरीको गोली लागी मृत्यु भएको थियो ।

Raj-kishor-Thalurमठिया ६ का २४ वषिर्य राजकिशोर ठाकुरको मृत्यु भएको एक हप्ता पछि आज परिवारजनले शव घर लगेका हुन । मृतकलाई शहिद घोषणा र परिवारजनलाई क्षतिपूर्तिको माग राख्दै परिवारजन र सँयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले एक साता सम्म ठाकुरको शव बुझ्न मानेका थिएनन । स्थानीय सुरक्षा समितिले मृतक ठाकुरलाई शहिद घोषणाका लागी प्रक्रिया शुरु गरे पछि परिवारजनले शव बुझेका हुन ।

जिल्ला प्रशासन कार्यालय रौतहटले सुरक्षा समितिको बैठक बसाएर मृतक ठाकुर लाई शहिद घोषणाका लागी आवश्यक प्रक्रिया पुर्‍याएर गृह मन्त्रालयलाई पत्राचार गरे पछि आज परिवारजनले ठाकुरको शवको अन्तीम संस्कार गर्न लागेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

मृतक ठाकुरलाई शहिद घोषणा, आश्रीत परिवारलाई क्षतिपूर्ती र परिवारजन मध्ये एक जनालाई रोजगारी सहित पाँच बुँदे माग राख्दै मोर्चाले पनि जिल्ला प्रशासन कार्यालयल सँग माँग गरे बमोजिम नै कानूनी प्रक्रियाहरु शुरु गरेर माग सम्बोधनको दिशामा अगाडी बढे पछि मृतक ठाकुरको शव आफूहरुले बुझेको मोर्चाका एक नेता अजय गुप्ताले बताए ।

गौर १८ औं दिन पनि बन्द

संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले शुरु गरेको आन्दोलनका कारण रौतहट को गरुडा भन्दा दक्षिणका सबै बजार आज १८ औं दिन पनि बन्द रहेका छन । मोर्चाले आव्हृान गरेको अनिश्चिकालीन बन्दका कारण रौतहटको जनजीवन निकै कष्टकर बनेको छ ।

अनिश्चीतकालीन बन्दका कारण सदरमुकाम गौरमा रहेका सम्पूर्ण बजार, यातायात, बैकिंङ्ग सँस्था र शैक्षिक सँस्थाहरु विगत १८ दिन देखि ठप्प छ ।

लामो समयको बन्दका कारण रौतहटमा पेट्रोलियम पर्दाथ, ग्यास लगायतका अत्यावश्यक बस्तुहरुको अभाव हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment