Comments Add Comment

राधे माँलाई बिग बोसमा ल्याउने सलमानको तयारी

salman-and-radhe-ma

मुम्बई । विवादको घेरामा रहेकी सुखविन्दर कौर अर्थात राधे माँलाई अतिथी बनाउने तयारीमा छन् अभिनेता सलमान खान ।

टेलिभिजन कार्यक्रम बिग बोसको ९ औं सिजनमा राधे माँलाई ल्याउने तयारी भएपछि सलमान र राधे माँ विच संवाद हुने सम्भावना बढेको हो । राधे माँ मात्रै हैन । सेक्स र्‍याकेट अभियोगमा पक्राउ परेकी नायिका पनि कार्यक्रममा पाहुना बनेर आउने कुरो छ ।

भारतीय समाचार माध्यमले जनाए अनुसार कार्यक्रममा श्वेता प्रसाद बसु, राहुल यादव, साना सइद, वीजे बानी, आशा नेगी, रश्मी देसाई सहभागी हुनेछन् ।

अहिले कार्यक्रम निर्माण समूह र राधे माँविच कुरा भईरहेको छ । त्यसो त अहिले बिग बोसमा सहभागी हुन चाहनेहरुको अन्तिम छनौट कार्य भईरहेको छ । राधे माँ माथी विभिन्न आरोप लाग्ने गरेको छ । बिगबोसमा सहभागी एवं टेलिभिजन अभिनेत्री डोली बिन्द्राले राधे माँमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment