Comments Add Comment

इजी लिंक रेमिट र ज्योती बैंकबीच रेमिट्यान्स सम्झौता

easy link१५ भदौ, काठमाडौ । इजी लिंक रेमिट्यान्स र ज्योती विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक दीपेन्द्र खनाल र ज्योती विकास बैंकका प्रमुख ट्रेजरी अपरेशन जयन्ती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न मुलुकबाट इजी लिंक रेमिट्यान्समार्फत आएको रकम ज्योती बैंकका देशभरी रहेका २५ शाखाहरुबाट भुक्तानी लिन सकिने इजी लिंक रेमिट्यान्सका प्रबन्धक खनालले बताए ।

सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जनाकारी दिए ।

इजी लिंक रेमिट्यान्सले विश्वका विभिन्न मलुकबाट नेपालमा रेमिट्यान्स भित्राउने र आˆना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तीब्र पारेको छ ।

यो सम्झौत्ाासँगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्समार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब-एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment