Comments Add Comment

वीरगञ्जमा गोली लागेर एकको मृत्यु, एक गम्भीर घाइते

Birganj-Tax-Office

१५ भदौ, वीरगञ्ज । वीरञ्जमा प्रहरीको गोली लागेर मंगलबार एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

राधेमाइ चोकमा प्रहरीको गोली लागेर तीस वर्षीय धर्मराज सिंहको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको थियो ।

गोली लागेर घाइते भएका देवराज सिंहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ । देवराजको घाँटीमा गोली लागेको छ ।

वीरगञ्जमा सोमबार पनि प्रहरीको गोली लागेर पर्सा मनियारीका ३० वर्षीय दिलीप चौरसियाको मृत्यु भएको थियो ।

इनर्वामा पनि गोली चल्यो

वीरगञ्जको इनर्वामा पनि मंगलबार गोली चल्दा एक बालकसहित तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा आठ वर्षीय बालक आजाद अन्सारी, सन्तलाल यादव र महेश पटेल छन् ।

मधेसी मोर्चाको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो । मंगलबार विहान नारायणी उपक्षेत्रीय अस्पताल परिसर भित्र पनि गोली चल्दा एक प्रहरीसहित तीनजना घाइते भएका छन् ।

घरेलु हतियारसहित प्रदर्शन

Birganj-hatiyar
वीरगञ्जमा मंगलबार देखिएका हतियारधारी एक व्यक्ति

अस्पताल र बिभिन्न स्थानमा गोली चलेपछि स्थानीय आतंकित भएका छन् ।

वीरगन्जमा मधेसी मोर्चाका कार्यकर्ताहरुले घरेलु हतियारसहित प्रदर्शन गरेका छन् ।

धारिलो हतियार समातेका केही प्रदर्शनकारी सडकमा देखिएका छन् ।

उनीहरु पर्साको पोखरीया गाउँ आसपासबाट वीरगञ्जमा प्रदर्शनमा आएको बताइएको छ ।

घरेलु हतियार र बासका भाटासहित मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएपछि वीरगञ्जबासी आतंकित भएका छन् ।

कैलालीको टीकापुर घटनामा पनि घरेलु हतियार प्रयोग भएको थियो ।

वीरगञ्ज विहानैदेखि अशान्त छ । स्थानीय प्रशासनले कर्फ्यू लगाए पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आएका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले कर कार्यालयमा, जानकी टोलको प्रहरी चौकीमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका छन् ।

उनीहरूले वीरगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका बा १ झ २७२५ र ना १ झ ९७१ नम्बरका गाडीसमेत जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment