Comments Add Comment

काठमाडौंमा बढ्यो निषेधित क्षेत्र, कहाँ-कहाँ पाइँदैन जुलुस निकाल्न ?

१५ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार र शीतलनिवास आसवासको थप स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधित क्षेत्र बढाइएको प्रशासनले जनाएको छ । थप गरिएको निषेधित क्षेत्र सोमबारबाट लागू भएकोछ ।

new baneshwor (70)

राष्ट्रपति कार्यालय शीतलनिवास कम्पाउण्डको उत्तरतर्फ ५० मिटर तथा दक्षिणतर्फ पानीपोखरी जाने नेपाल प्रहरीको २ नम्बर गण जाने बाटोसम्म निषेधित तोकिएको छ । उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास र सभामुख निवास आसपासमा पनि निषेधित लागू गरिएको छ ।

संविधानसभा भवन बानेश्वरको दक्षिणतर्फ पूर्वी कुना, दक्षिणमा मीनभवन क्याम्पस जाने बाटोको पश्चिम कुनादेखि पश्चिममा बानेश्वर चोकबाट ७५ मिटर पश्चिमको सडकसम्म निषेधित तोकिएको छ ।

पश्चिमतर्फ थापा गाउँ जाने बाटोको दक्षिण किनारादेखि नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र तोकिएको स्थानीय प्रशासनले जनाएको छ ।

यसैगरी भद्रकाली मन्दिरपूर्व तीनकुने आइल्याण्डको पूर्वी कुनादेखि पूर्व सिंहदरबार मूलगेटसम्म, मूलगेट अगाडिदेखि पद्मोदय माविको मोडसम्म, मूलगेट अगाडिदेखि दक्षिणतर्फ माइतिघर मण्डलासम्म र बबरमहलस्थित जिल्ला अदालत प्रवेश मार्ग हुँदै जिल्ला प्रशासन कार्यालय, हनुमान मन्दिर क्षेत्रमा पनि निषेधित घोषणा गरिएको छ ।

माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थानसम्म पनि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

‘निषेधित क्षेत्रमा जुलस, धर्ना, हुलदंगा जस्ता काम गर्न पाइँदैन’ सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखेरलले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment