Comments Add Comment

‘भिजिट नेपाल-हेल्प नेपाल राइज’ भन्दै प्राना ब्याण्डको यूरोप टुर

purna-mundi
नेपालको पर्यटन क्षेत्रलाई फेरि पुनउत्थान गर्नका लागि प्राना मुण्डी ब्याण्डले एक महिना लामो युरोप यात्रा गर्ने भएको छ । ‘भिजिट नेपाल-हेल्प नेपाल राइज’ भन्ने नाराका साथ यो ब्याण्डले सेप्टेम्बर १ देखि ३० तारिखसम्म यूरोपका ७ देशमा ३७ वटा क्लासिकल म्यूजिक कन्सर्ट गर्ने भएको हो ।

भुकम्पपछि नेपालको पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै प्राना मुण्डी ब्याण्डले यसको पुनउत्थानका लागि यो अभियान थालेको हो । नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिने ब्याण्डको भनाई छ । यसका लागि सगुन डट कमले सहयोग गर्ने भएको छ ।

प्राना मुण्डीका व्याण्डले बेल्जियम, स्वीजरल्याण्ड, जर्मनी, नेदरल्याण्ड, इटाली, अष्ट्रिया र हंगेरीमा कार्यक्रम गर्नेछ । जसमा सर्वाधिक रुचाइएका लोक भाकाको लाइव म्युजिक कन्सर्ट गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment