Comments Add Comment

सेन्सर बोर्डमा सन्दिप नियुक्त

sandip-kakaनेपाल सरकार सूचना तथा संचार मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट आज चलचित्र पत्रकार तथा सिनेकर्मी सन्दीप सापकोटा केन्द्रिय चलचित्र जाँच समिती फिल्म सेन्सर बोर्डको बोर्ड सदस्य पदमा नियुक्त भएका छन् ।

बिगत डेढ दशकदेखि चलचित्र पत्रकारिता तथा चलचित्रकर्ममा लागेका सापकोटा २०७० सालमा सम्पन्न चलचित्र पत्रकार संघ को छैठाै अधिबेशनबाट केन्द्रिय महासचिवमा निर्वाचित भइ हाल जिम्मेवारी बहन गरि रहेका छन् । चलचित्र पत्रकारिता पुरस्कार २०६९ बाट समेत पुरस्कृत भइसकेका सापकोटा एक कुसल अभिनय क्षमता बोकेका कलाकारका रुपमा पनि चिनिन्छन।

चलचित्र माया त माया हो र के म तिम्रो साथि बन्न सक्छु मा उनले गरेको अभिनय को राम्रो चर्चा भएको थियो । रेडियाे एचवीसी ९४ एफ एम , रेडियो नेपाल , एन टीभी प्लस र नेपाल टेलिभिजनका माध्यमबाट चलचित्र पत्रकारीता गर्दै सेन्सर बोर्ड सदस्य भएका सापकोटाले चलचित्रकर्मिहरुको सेन्सर सम्वन्धी समस्यालाई  मध्यनजर राख्दै चलचित्रको सेन्सर हुनुपर्ने धारणा राखेका छन् । त्यस्तै नेपाल टेलिभिजनमा रिक्त रहेको संचालक समितिको सदस्य पदमा मन्त्रालयले भोला थापा लाई नियुक्ति गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment