Comments Add Comment

जनकपुरमा बन्दकर्ताद्वारा प्रहरी चौकी तोडफोड

Janakpur

१५ भदौ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको रेल्वे स्टेशन प्रहरी चौकीमा तोडफोड गरेका छन् ।

बन्दकर्ताहरुले प्रहरी चौकीसँगै भन्सार कार्यालयमा तोडफोडको प्रहार गरेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले दुई राउण्ड हवाइ फायर र १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीले प्रहरी चौरी घेरा हालेर ढुंग मुढा गरेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । प्रहरीसँगको झडपमा परी राजु गुप्ता घाइते भएका छन् । उनको टाउकोको चोट लागेको छ ।

बन्दकर्ताले पोल तथा ढुंगाहरु राखेर सडक अवरुद्ध पार्नुका साथै प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment