Comments Add Comment

बाराको कलैयामा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

Bara-Kalaiya-aandolan-2सुभाषप्रसाद साह

१५ भदौ, कलैया । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको १७ औं दिन कलैयामा आन्दोलनकारी र प्रहरीबीच मंगलबार बिहानै झडप हुँदा एक जनाको मृत्यु भएको छ । तीस जना भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन् ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले चलाएको गोली लागेर कलैया-१० रगंपुरका २० बर्षीय हिफाजत मियाँ अन्सारीको मृत्यु भएको हो ।

Bara-Kalaiya-aandolan
कलैयामा प्रहरीले प्रहार गरेको अश्रुग्यास

प्रहरीसँगको झडपमा ३० भन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । घाइते मध्ये १० भन्दा बढीको अवस्था गम्भीर छ । घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेहरुको टाउको, छाती, पेट, हात र खुट्टा गोली लागेको छ ।

कलैयाको भरत चोक, मछरहटा चोक, बालमन्दिर चोक सहितका ठाउँमा आन्दोलनकारी र प्रहरीबीच अहिले पनि दोहोरो भडप भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । आन्दोलनकारीहरुले ढुंगा र गुलेली प्रहार गरिरहेका छन् ।

कलैयाको सडकमा नेपाली सेना देखिएका छन् ।

Bara-Kalaiya-aandolan-3
आन्दोलनकारी सडकमा
Bara-Kalaiya-aandolan-4
कलैयाको सडकमा निस्किएका नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment