Comments Add Comment

‘शोले’को रिमेक गर्ने रामगोपाललाई १० लाख जरिवाना

Ram-Gopal-Verma-281013

भारतको बहुचर्चित फिल्म ‘शोले’को रिमेक गरेकोमा निर्देशक रामगोपाल बर्माले १० लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको छ ।

‘राम गोपाल बर्माकी आग’ नाममा ‘शोले’को रिमेक गरेको पुष्टी भएपछि शोलेका निर्माता रमेश सिप्पिको परिवारलाई उनले १० लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो ।

न्यायधिस मनमोहन सिंहले दिएको आदेशमा बर्माले प्रतिलिपी अधिकारसम्वन्धी कानूनको उलंघन गरेको उल्लेख छ । पुरानो फिल्मका निर्माता तथा लेखकको अनुमति नलिइकन फरक नाममा रिमेक बनाउने बर्माको नैतिक आचरणमा समेत न्यायधिसले प्रश्न उठाएका छन् ।

‘रामगोपाल बर्माकी आगको प्रचार सामग्रीमा यो पुरानो शोलेको रिमेक नै हो भन्ने झल्काउन खोजीएको देखिन्छ,’ न्यायधिसले भनेका छन्, ‘यो फिल्मको पटकथा, चरित्रहरुदेखि लिएर संगीत र ब्याकग्राउन्ड म्युजिकसमेत पुरानो शोलेको नक्कल गरिएको छ । यसमा प्रतिलिपि अधिकार ऐन आकर्षित हुन्छ ।’

बर्माको फिल्म रिलिजपूर्व नै सिप्पि अदालत गएका थिए । सुरुमा शोले नाम राखेरै फिल्म रिलिज गर्न खोजेका बर्माले पछि नाम बदलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment