Comments Add Comment

फर्जी सदस्य बनाइएको भन्दै उजुरी परेपछि कलाकार संघको चुनाव स्थगित

चलचित्र कलाकार संघको यही भदौ २३ गतेलाई तोकिएको चुनावी अधिवेशन अनिश्चिकालका लागि स्थगित भएको छ । संघमा फर्जी सदस्यहरु बनाइएको भन्दै महासचिव पदका उम्मेदवार कलाकार संजय खतिवडाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका थिए ।

उनले दिएको उजुरीपछि आज प्रशासन कार्यलयमा एक दर्जन कलाकार संघका प्रतिनिधी बोलाइएको थियो । कलाकारहरुसँगको छलफल पश्चात सीडीओ कार्यलयले तत्काल चुनाव गराउन उपयुक्त नदेखिएको भन्दै स्थगित गरेको हो ।

यस्तै, यस बिषयमा छानविन गर्न आयोग गठन गर्ने निर्णय पनि भएको छ । चलचित्रकर्मीहरु कृष्ण मल्ल, मोहन निरौला, बसुन्धरा भुषाल सदस्य रहने गरि आयोग बनाइएको हो । अध्यक्ष पदका उम्मेदवार रामकेशर बोगटीले गैह्र कलाकारलाई सदस्यता दिएको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment