Comments Add Comment

एनआरएनए अध्यक्षमा टीबी कार्कीको उम्मेदवारी घोषणा

घनश्याम पराजुली (कृष्ण)

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । कतारमा एक कार्यक्रमको आयोजना गरी वर्तमान उपाध्यक्ष कार्कीले अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा उनले कतारबाट नै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

TB karkiउपाध्यक्ष कार्की विगत १० बर्षदेखि एनआरएनएमा आबद्ध रहेर काम गरिरहेका छन । सन् २००७ मा कतारबाट आईसीसी सदस्य, सन् २०११ मा सचिवको जिम्मेवारी सम्हालिसकेका कार्की एनआरएन आईसीसीको वर्तमान कार्य समितिमा उपाध्यक्ष छन् ।

एनआरएनएले उनलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याणकारी समितिमा सभापतिको जिम्मेवारी समेत थपिदिएको थियो । वर्तमान कार्यसमितिले संस्थाले उल्लेख्य परोपकारी कार्यहरु सम्पन्न गरेको छ भने यस अवधिमा संस्थाको विश्वसनियतामा समेत राम्रो प्रभाव राख्न सफल बन्यो ।

उम्मेदवारी घोषणाबारेमा जानकारी दिदै उनले विश्वभरी छरिएर रहेका ३७ लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैरआवासीय नेपाली संघको छैठौ सम्मेलनमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेको बताए । अहिलेको कार्यकालमा आफूलाई भएको सहयोगको पनि उनले आभार ब्यक्त गरे ।

उनले आफ्नो उम्मेदवारी घोषणमा श्रमिक हकहित र अधिकारका लागि उल्लेख्य पहलहरु भएको जनाए । एनआरएनएले दुईबर्षे अबधिमा एक अर्ब भन्दा बढीको रकम परोपकारी कार्यमा लगाईएको साथै भवन निर्माण जस्ता महत्वपूर्ण कार्यहरु अगाडि बढिरहेको बताए ।

उनले एनआरएनए अभियानलाई अझ बढी सक्रियता र प्रतिबद्धतामुलक सहभागी रहने अठोटका साथ अध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताउदै २७ बुँदे एजेण्डा सार्वजनिक गरेका छन् ।

उनले ‘एक आर्थिक वर्षमा १८३ भन्दा बढी विदेशमा बसोबास गर्ने नेपालीहरुलाई एनआरएनको प्रमाणीकरणलाई सुरक्षित र समानता गर्न, सामुहिक नेतृत्व र संस्थागत विकास, भवन निर्माणलाई पूर्णता, भूकम्पपीडितका लागि एक हजार घर निर्माण तथा हस्तान्तरण, १० हजारभन्दा नेपाली भएका देशमा दुतावासको पहल , बैदेशिक रोजगारलाई व्यवस्थित मर्यादित तथा १० करोड देखि २० करोडको कल्याणकारी अक्षयकोष स्थापना गर्ने, घाईते तथा मृत्यु भएका कामदारहरुको बिमा रकम वितरण सहज बनाउने, घरेलु कामदारका समस्याका समाधानमा पहल गर्ने जस्ता एजेण्डा अघि सारेका छन् ।

घोषणापत्रमा बैदेशिक लगानी भित्राउन पहल गरिने, निर्वाचनमा एनआरएनहरुको मताधिकारको व्यवस्था सुनिश्चित गर्ने, विदेशको सीपलाई नेपालमा प्रयोग गर्ने वातावरणको सृजना तथा खुल्ला विश्वविद्यालय स्थापनाको कार्यलाई पूर्ण कार्यान्वयन गर्ने, आमा र बुबाको नामबाट नागरिता प्रदान गर्ने व्यवस्था सुनिश्चित गराउने, आत्मस्वावलम्बी बन्ने वातावरण, नेपाली कला र सँस्कृतिको विकास तथा प्रवर्द्धन, पर्यटन विकास, प्रवासमा भाईचाराको विकास, १ हजारे अभियान र व्यक्तिगत लाभ भन्दा संस्थागत विषयलाई महत्व दिने जस्ता विषयबस्तुहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment