Comments Add Comment

बुधबारको साधारणसभा नगर्न एन्फालाई पुनरावेदन अदालतको आदेश

१५ भदौ, काठमाडौं । पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बोलाइएको साधारण सभा रोक्न अन्तरिम आदेश दिएको छ ।

ganesh thapa  (3)उपाध्यक्ष विजय नारायण मानन्धर लगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै पुनरावेदन पाटनका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले भदौ १७ गतेसम्म साधारण सभा नगर्न अन्तरिम आदेश दिएको हो ।

एन्फा उपाध्यक्ष माधन्धर र सदस्य सुमन केसीले आफूहरु उपाध्यक्ष र सदस्य भएको तर खबर नै नगरी साधारण सभा गर्न लागेको भन्दै अदालत गएका थिए ।

निवेदक एन्फाको उपाध्यक्ष र सदिस्य रहेको पाइएको भन्दै अदालतको आदेशमा सुविधा र सन्तुलनको दृष्टिले १७ गतेसम्म साधरणसभा नगर्न भनिएको छ । अन्तरिम आदेशलाई निरन्रतता दिने नदिनेबारे छलफलका लागि दुबै पक्षलाई १७ गते बोलाइएको छ ।

न्यायाधीश कार्कीको एकल इजलासले यसमा के भएको हो ? निवेदनको माग बमोजिक किन आदेश नदिने लिखित जवाफ १५ दिनभित्र पेश गर्न पनि विपक्षीलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment