Comments Add Comment

वीरगन्जमा गोली चलेपछि गृहमन्त्रीलाई एमाले सभासदले भने-प्रहरीलाई सम्झाउनुस्

१५ भदौ, काठमाडौं । मधेसमा आन्दोलनकारीले एमालेका सभासदका घर र पार्टी कार्यालयमा आगजनी गरिरहेका बेला एमालेकै एक सभासदले प्रहरीले आन्दोलनकारीमाथि दमन गरेकाले एमाले निशानामा परेको बताएका छन् ।

Raj-kumar-Guptaपर्सा क्षेत्र नम्बर ३ का एमाले सभासद राजकुमार गुप्ताले आन्दोलनकारीलाई खुट्टामा गोली हाने हुनेमा टाउकोमै ताकेर हान्नु ज्यादति भएको बताए ।

वीरगञ्जमै रहेका सभासद गुप्ताले अनलाइनखबरसँग भने-प्रहरीले पछिल्लो समयमा आन्दोलनकारीमाथि ज्यादति गरेकाले स्थिति भड्कियो । गृहमन्त्रालय हाम्रो नेताले सम्हालेकाले एमाले माथि आक्रमण हुन थाल्यो ।’ 

सभासद गुप्ताले एमाले पार्टी कार्यालय जलाउने र सभासदहरुको घरमा आक्रमण गर्नेहरु अराजक समूह रहेको भन्दै मधेस आन्दोलन अहिले नेतृत्वविहीन रहेको बताए । गुप्ताले भने-‘अराजक ढंगले मान्छेहरु सडकमा निस्किएका छन् ।

कुनै पनि राजनीतिक पार्टीको नेतृत्व देखिँदैन, हिजो बारामा तमलोपाका नेता जितेन्द्र सोनालमाथि आन्दोलनकारीले नै आक्रमण गर्नुले यो आन्दोलन नेतृत्वविहीन छ भन्ने पुष्टि हुन्छ ।’

सभासद गुप्ताले प्रहरीले बढि नै ज्यादती गरेको भन्दै मंगलबार नै गृहमन्त्री बामदेव गौतमलाई फोन गरेर प्रहरी प्रशासनलाई संयमित गराउन सुझाएका छन् । उनले भने-‘मैले गृहमन्त्रीलाई पनि भनेको छु, प्रमुख जिल्ला अधिकारीसँग पनि कुरा भएको छ । हामी परिस्थितिलाई सम्हालेने प्रयास गरिरहेका छौं ।’

सोमबार प्रशासनले कफ्र्यु लगाएपछि परिस्थिति बिगि्रएको गुप्ताले बताए । पर्सादेखि सप्तरीसम्मको प्रदेशमा पहाडका जिल्लाहरु उदयपूर, सिन्धुली, मकवानपुर र चितवन मिसाएर जाजय माग पूरा गर्नुपर्ने उनले बताए ।

आन्दोलनकारीले मंगलवार पर्सा ५ का एमाले सभासद जयप्रकाश थारुको घर तोडफोड गरेका छन् । यसअघि अघिल्लै दिन एमाले जिल्ला कार्यालयमा आगजनी गरेर ध्वस्त पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment