Comments Add Comment

कांग्रेसको महाधिवेशन स्थगित

कांग्रेस बैठक । फाइल फोटो
कांग्रेस बैठक । फाइल फोटो

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेश स्थगित भएको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले असोज २ देखि ५ गतेका लागि तोकिएको महाधिवेश स्थगित गरेको प्रवक्ता दिलेन्द्र बडूले बताए ।

भदौ १७ देखि गाउँ/बडा कमिटीको अधिवेशन तय भएको थियो । तर, संविधान निर्माणमा केन्द्रीत हुनु पर्ने भन्दै कांग्रेसले महाधिवेशनका सबै कार्यक्रम स्थगित गरेको छ ।

प्रमुख दलहरुसँग सहमति गरेर संविधान संशोधन गर्ने र महाधिवेशनको नयाँ मिति तोक्ने उसको तयारी छ । अन्तरिम संविधानमा राजनीतिक पार्टीले ५ वर्षमा महाधिवेशन गर्नु पर्ने व्यवस्था छ ।

बैठकको निर्णयमा भनिएको छ-विशेष परिस्थितिका कारण ५ वर्ष भित्रमा पार्टीको केन्द्रीय पदाधिकारीको निर्वाचन महाधिवेशन हुन नसकेमा बढीमा ६ महिना थप गर्न सकिने व्यवस्था अन्तरिम संविधान र संविधानसभाबाट बन्न लागेको नयाा संविधानमा व्यवस्था गर्ने । साथै, पार्टीको विधानमा पनि यो व्यवस्था गर्ने ।’

संविधानसभा भवन नयाँबानेश्वरमा बसेको कांग्रेस बैठकले आन्दोलनकारीसँग वार्ता गरी समस्याको सामाधन खोज्न सरकार र पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

संविधानसभाबाट बाहिर गएर संविधान निर्माणमा सहयोग नपुग्ने भन्दै कांग्रेसले संविधानसभाभित्र रहेका सबै राजनीतिक दल एवं सभासद्हरुलाई संविधानसभाभित्र रहेर संविधान निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पुर्‍याउन आग्रह गरेको छ ।

कांग्रेसले आमरण अनसनमा बसेका प्रा. डा. गोविन्द के.सीसाग वार्ता गरी समस्याको समाधान खोज्न सरकारलाई अनुरोध गरेको छ ।

बैठकले संविधानको विधेयकमा पार्टीका सभासदहरुले व्यक्तिगत संशोधन नराख्ने निर्णय गरेको छ । ‘प्रमुख सचेतकमातर्फ संशोधन राख्ने निर्णय भएको छ’ केन्द्रीय सदस्य महेन्द्र यादवले भने-मैले अन्तरिम संविधानमा रहेको नागरिकता र निर्वाचन क्षेत्र निर्धारणको व्यवस्थालाई नयाँ संविधानमा यथावत राख्न माग गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment