Comments Add Comment

‘माथेमा प्रतिवेदन कार्यान्वयन भए आन्दोलन’

१५ भदौ, काठमाडौं । चिकित्सा क्षेत्र सुधार सम्वन्धि माथेमा आयोगको प्रतिवेदन हुवहु कार्यान्वयन भए सशक्त आन्दोलन थाल्ने बिभिन्न मेडिकल कलेजका कर्मचारी युनियनहरुले चेतावनी दिएका छन् ।

Mathema-Pratibedan-final

यूनियन अफ प्राईभेट हस्पीटल एण्ड हेल्थ केयर वर्कस ईन नेपाल, नेपालगञ्ज मेडिकल कलेज कर्मचारी संगठन, काठमाडौं मेडिकल कलेज कर्मचारी यूनियन र नेपाल मेडिकल कलेज कर्मचारी यूनियनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माथेमा प्रतिवेदन हुबहु कार्यान्वयन नगर्न माग गरे । यदि कार्यान्वयन भए आफूहरुको रोजीरोटी खोसिने उनीहरुको भनाइ छ ।

पत्रकार सम्मेलनमा काठमाडौं मेडिकल कलेज कर्मचारी यूनियनका अध्यक्ष मेघराज खड्काले माथेमा प्रतिवेदन हुवहु कार्यान्वयन गरिए त्यहाँ कार्यरत १५ हजार कर्मचारीको रोजगारी गुम्ने जिकीर गरे ।

उनले आफूहरुको समेत प्रतिनिधित्व गराई छलफल गरेर समस्याको समाधान खोज्न आग्रह गरे । अनसनरत डाक्टर गोविन्द केसीको अधिकांश मागहरु प्रति आफूहरुको समर्थन रहे पनि पछिल्लो समयमा उनको आन्दोलन आफूहरुको रोजगार खोस्ने ढंगले अघि बढेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment