Comments Add Comment

हुर्केका तीन स्टारपुत्रीको अमेरिकामा जमघट

america

अमेरिकामा रहेका नेपाली सेलिब्रिटीहरु बेलाबेला विभिन्न बहाना बनाएर जमघट गर्छन् । हालैको एउटा जमघटमा लगभग एकै उमेरका तीन स्टारपुत्रीहरु साथ-साथ देखिए ।

अवसर थियो नायक दिलिप रायमाझीकी छोरी दिव्याको जन्मदिन । जहाँ अन्य केहि सेलिबि्रटीहरुसहित करिश्मा मानन्धरकी छोरी कविता र नायिका पुजा चन्दकी छोरी दिव्या पनि उपस्थित भएका थिए । दिलिपपुत्री दिव्याले केक काट्ने क्रममा कविता र अर्की दिव्या उनको दायाँ र बायाँ बसेका थिए ।

dilip-famly

तस्बिरमा करिश्माकी छोरी निकै मोटी देखिएकी छिन् भने दिलिपकी छोरी छरिती देखिन्छिन् । करिश्मा हाल नेपालमै भए पनि कविता पढाईको सिलसिलामा अमेरिकामा बसिरहेकी छिन् ।

पुजा चन्द लामो समयदेखि अमेरिकामा छिन् भने दिलिप करिब दुई महिनाअघि त्यहाँ पुगेका थिए । अमेरिकामै रहेका निर्देशक श्याम भट्टराईले वर्थडेका फोटोहरु फेसबुकमा हालेका हुन् ।

mother of divya

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment