Comments Add Comment

‘गेट वे’ स्वीकृत नहुँदा पशुपतिको ‘ई पूजा’ रोकियो

pashupati-1१६ भदौ, काठमाडौं । नेपालले इन्टरनेट प्रयोगका लागि ‘गेट वे’ स्वीकृति नलिँदा पशुपतिको ‘ई पूजा’ गर्ने सुविधा रोकिएको छ ।

पशुपति क्षेत्र विकास कोषले इन्टरनेटमार्फत पशुपतिनाथ मन्दिरको पूजा गर्न सकिने प्रविधि (ई पूजा) को तयारी अन्तिम चरणमा पुर्‍याएको थियो । विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनका अनुसार इन्टरनेट प्रयोगका निम्ति नेपालको आफ्नै ‘गेट वे’ स्वीकृत नभएपछि ‘ई पूजा’ रोकिएको हो ।

कोषले दक्षिणा, भेटी चढाउने, ‘ई टिकेटिङ’ को तयारी सकेको थियो । त्यस्तै मन्दिरमा क्यामेरा जडान गर्ने, क्यामेरा इन्टरनेट र कम्प्यूटरमा फिक्स गर्न स्थान पहिचान गरिसकिएको थियो । साथै दक्षिणा चढाउन कुन प्रविधि अपनाउनेसम्मको काम विकास कोषले गरेको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment