Comments Add Comment

नेपाल यु-१९ टोली एसिया कपका लागि छनोट

Nepal-U-19-Cric

१६ भदौ, काठमाडौं । नेपालको यु-१९ क्रिकेट टोली एसीसी यु-१९ एसिया कपका लागि छनोट भएको छ ।

मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।

मंगलबारको खेलमा नेपालले कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो ।

नेपाली टोलि एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए ।

नेपालसँगै अपगानिस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment