Comments Add Comment

चार वर्षमा हराए एक लाख राहदानी

१६ भदौ, काठमाडौं । नेपालभित्रै नेपालीले दैनिक सरदर ८२ वटा राहदानी हराउने गर्छन । अधिकांश राहदानी काठमाडौंमै हराउँछन् र ती भेटिँदैनन् । किन हराउँछन् ती राहदानी ?

राहदानी विभागको तथ्यांकअनुसार विभागमा विगत चार वर्षमा एक लाख २० हजार राहदानी हराएको निवेदन परेका छन् । ती सबैले अर्को राहदानी लिइसकेका छन् । पत्रिकामा आएको सूचनाअनुसार अधिकांश राहदानी काठमाडौं उपत्यकामै हराएका हुन्छन् ।

विभागमा अधिकारीहरु भन्छन्-हराएको सूचना जारी भएर अर्को राहदानी लिन आवेदन दिएकामध्ये अहिलेसम्म प्रहरी वा कसैले भेटेको भनेर हामीसँग एउटा पनि जानकारी आएको छैन् । त्यसैले हराएको भनेर जतिले निवेदन दिएका हुन्छन्, उनीहर सबैले अर्को राहदानी पाउने गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment