Comments Add Comment

रूपन्देहीमा एक वर्षमा हजार नयाँ उद्योग दर्ता

१६ भदौ, रुपन्देही  । रूपन्देहीमा आर्थिक वर्ष २०७१/७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७०/७१ मा जिल्लामा एक हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ९ हजार ३ सय ३५ उद्योग दर्ता भएको कार्यालयले जानकारी दिएको छ । जसमा उत्पादनमूलक चार हजार Small-Industry६ सय ५२, सेवामूलक दुई हजार सात सय ४७, कृषि तथा वनजन्य तीन सय ५५, पर्यटनसम्बन्धी एक हजार पाँच सय ७४ र ऊर्जामूलक सातवटा रहेका छन् ।

विभिन्न प्रकारका तालिम लिएर आत्मनिर्भर बन्नेको सङ्ख्या बढ्दै गएपछि उद्योग दर्ता गराउनेको सङ्ख्या बढ्दै जान थालेको कार्यालयले जनाएको छ । कार्यालयमा साना उद्योग अर्थात् ३ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख डण्डपाणि भुसालले जिल्लामा लगानीको वातावरण बन्दै गएपछि उद्योग दर्ता गर्ने व्यवसायी थपिँदै गएको बताए । आर्थिक वर्ष २०७१/७२ मा कृषि तथा वनजन्य एक सय नौ, खाद्यान्नमा आधारित ५८, पेयपदार्थ सम्बन्धी दुई, नर्सरी जडीबुटीका ११, कपडाजन्य एक, तयारी पोसाक सम्बन्धी १३, स्टिल फर्निचरका ६, छालाजन्य उत्पादन १८, काठ फर्निचर ७३, स-मिल चार, साबुन चार, सस एक, प्लास्टिकजन्य १२ र इँटा उद्योग पाँचवटा दर्ता भएका छन् ।

सिमेन्ट ब्लक उद्योग सात, मेटल वर्क ६१, पशुपक्षीका दाना उत्पादन गर्ने चार, होटल तथा रेस्टुरेन्ट दुई सय १६, ट्राभल टे्रकिङ ६, ढुवानी सेवा २१, प्रशिक्षण ३३, काउन्सिलिङ (परामर्श सेवा) २९ र खाद्यान्न प्याकेजिङसम्बन्धी १६ गरी एक हजार ३६ वटा दर्ता भएका भुसालले जानकारी दिए ।

मुलुकमै रूपन्देही सबैभन्दा बढी उद्योगधन्दा हुने जिल्लामा पर्छ । जिल्लाको वसन्तपुरमा विशेष आर्थिक क्षेत्र ९सेज० स्थापना भएको छ भने बुटवलमा औद्योगिक क्षेत्र छ । कार्यालय प्रमुख भुुसालले दर्ता हुने उद्योगमध्ये ८५ प्रतिशत उद्योग सञ्चालन हुने गरेको बताए ।

उनले भने- ‘दर्ता भएका उद्योगमा करिब ५०/६० रूपैयाँ करोड लगानी हुने देखिन्छ ।’ सरकारले तीन करोड रूपैयाँसम्मका उद्योगलाई साना, तीन करोड रूपैयाँदेखि १० करोड रूपैयाँसम्मकालाई मझौला र १० करोड रूपैयाँभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ ।

नेपालमा ६ सय १२ ठूला, तीन हजार पाँच सय मझौला उद्योग सञ्चालनमा छन् भने साना उद्योग एक लाखभन्दा बढी रहेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment