Comments Add Comment

ओस्कार अवार्डका लागि चार नेपाली फिल्म छानिए

काठमाडौं । यस वर्षको ओस्कार अवार्डका लागि चार नेपाली चलचित्र छानिएका छन् । ओस्कारको नेपालस्थित सर्वोत्कृष्ट विदेशी भाषी फिल्म छनौट समितीले चार नेपाली चलचित्र छानेको हो । ती मध्ये अन्तिम छनौटमा एक चलचित्र पर्ने छ ।

प्रारम्भिक छनौटमा भीमदत्त, सुनपानी, नीशानी, टलकजङ भर्सेस टुल्के छनौट भएका छन् । अक्टोबर १ मा समितीले चार मध्ये एक चलचित्र छनौट गरेर द एकेडेमी आट्स एण्ड साइन्सेजलाई सिफारिस गर्नेछ ।

सुदुरपश्चिमका क्रान्तीकारी नेता भीमदत्त पन्तको जीबनकथा पेश गर्ने ‘भिमदत्त’को निर्देशन हिमग्याप लामा टासीले निर्देशन गरेका छन् । त्यस्तै सविन बास्तोलाको निर्देशन रहेको ‘सुनपानीमा’ जातीय विभेदले निम्त्याएको समस्या पेश गरिएको छ । टेलिश्रृङ्खला निर्देशनमा सक्रिय बास्तोला कलाकार पनि हुन् ।4-nepali-film-oskar

निश्चल बस्नेत निर्देशित ‘टलकजंग भर्सेस टुल्के’ मा माओवादी शसस्त्र युद्धको एउटा पाटो प्रस्तुत गरिएको छ । उक्त चलचित्रले नेपालमा भएको केही अवार्डमा उपाधि समेत जितेको छ ।

कार्गिल युद्धमा सहभागी नेपाली सैनिकको बीरता प्रस्तुत गरेको ‘निशानी’मा विनोद सेरेङको निर्देशन रहेको छ । गएको वर्ष यादब भट्टराई निर्देशित ‘झोला’ ओस्कार अवार्डमा सहभागी भएको थियो । सतीप्रथामा आधारित उक्त चलचित्रले अवार्ड पाउन भने सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment