Comments Add Comment

दीपाश्रीको पहिलो चुम्बन र डेटिङ

Deepa Shree_Mero Pahilo
भदौ महिना विशेष लाग्छ अभिनेत्री दीपाश्री निरौलालाई । उनको जीवनमा धेरै ‘ब्रेक थ्रु’ भदौ महिनामै भएका छन् । भदौ ७ मा जन्मिएकी दीपाश्रीले पहिलो स्टेज पर्फमेन्स भदौ महिनामै गरेकी थिईन् । उनले निर्माण गरेको हाँस्य श्रृङ्खला ‘तितोसत्य’ पनि ०६० साल भदौमा सुरु भएको थियो । अनलाइनखबरको ‘पहिलो अनुभव’ स्तम्भको पहिलो संस्कणमा दिपाश्रीको अनुभव :

कमाईः २०५० सालमा रेडियो नाटकमा अभिनय गरेवापत, ३०० रुपैया ।
स्टेज पर्फमेन्सः २०४० साल भदौ ४ गते वालदिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा ।
काठमाडौ यात्राः ०४५ साल भदौ ४ गते भृकुटीमण्डमा स्टेज प्रस्तुतिका लागि ।
स्टुडियो प्रस्तुतिः ०५९ मा नाटकमा बोल्नेक्रममा
सुटिङः सागर ढुंगेल निर्देशित सिरियलमा ०४३ सालमा बालकलाकार हुँदा ।
विदेश यात्राः सन् २००० मा हङकङ ।
प्रेमपत्रः स्कुल पढ्दै गर्दा ०४६ सालमा ।
डेटिङः ०४६ मै विराटनगरमै भएको छैटी पूजामा ।dipashree-hot-photoचुम्बनः छैन ।
दुःखद घटनाः ०४७ साल कात्तिक ९ गते आमाको निधन हुँदा ।
दुर्घटनाः आठ वर्ष अगाडी आफैंले चलाएको स्कुटीमा एक्सिडेन्ट भएको थियो ।
खुसीः ०४८ मा वेष्ट न्यु कमर अवार्ड पाउदा । एसएलसी पास हुँदा पनि निकै खुसी भएकी थिएँ ।
हवाईयात्राः काठमाडौ-पोखरा । साल चाँही ठ्याक्कै याद भएन । हङकङ जानु अघि हो ।
सवारी साधनः स्कुटी, ०५८ मा ।
चलचित्रः यादब खरेल निर्देशित नासो ।
जोडी भएर काम गरेकोः रामबिलास-धनिया रेडियो कार्यक्रमका लागि दिपकराज गिरीसित ।
नाटकः पाहुना (रेडियो नेपाल)
निर्माताः छ एकान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment