Comments Add Comment

‘हामी छुटेका छैनौ, मजबुत हुँदैछौ’ : संयम र आश्मा

aasma-and-saiyam
नेपाली चलचित्रमा कलाकारको ब्रेकअप र सम्बन्ध जोडिएका घटना सधै नै आउने गरेको छ । हुनत, ग्ल्यामर क्षेत्रमा प्रेम र विछोडको घटना कुनै नौलो होइन ।

नायक संयम पुरी र नव-नायिका आश्मा डीसीको प्रेम सबैसामु छर्लङ्ग छ । प्रेममा परेको यो जोडीको ब्रेकअप भएको घटना पनि सार्वजनिक भएको थियो । ब्रेकअपको घटना सार्वजनिक हुँदा संयम र आश्मा केही समय एकसाथ हिड्न छाडेका थिए ।

तर, घटनाले नयाँ मोड लिएको छ । संयम र आश्माले आफूहरुको सम्बन्धमा दरार नआएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै यो जोडीले आफूहरुको यो सम्बन्ध कहिल्यै पनि टाढा नहोस्  पनि भनेका छन् ।

एकले अर्कालाई वुझ्ने भएकाले पनि आफूहरुको सम्बन्ध अगाडि बढेको यो जोडीको भनाई छ । चलचित्र ‘आभाष’मा एकसाथ काम गरेको यो जोडी ‘सायद’ चलचित्र प्रदर्शन भएपछि नजिक भएको हो । आफूहरुको प्रेमले करिअरलाई कुनै असर नपारेको यी दुइले बताए । अहिले यो जोडी कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि एकसाथ नृत्य तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment