Comments Add Comment

‘बीग बोस’ प्रतिस्पर्धीको आरोप-‘राधे माँले पोर्न फिल्म देखाउथिइन्’

radhe-ma-and-doli
आफूलाई देवीको अवतार बताउने ‘राधे माँ’माथि मुश्किल थपिरहेको छ । भारतको चर्चित टेलिभिजिन शो ‘बीग बोस’मा सहभागी भैसकेकी कलाकार डोली विन्द्राले गम्भिर आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उनको आरोप छ कि राधे माँले आफ्नो बेडरुममा लगेर उनलाई पोर्न चलचित्र देखाउथिइन् । आफ्नो आइप्याडमा पोर्न फिल्म देखाउँदै राधे माँले अश्लिल नृत्य पनि  गर्थिन् ।

डोलीले राधे माँका भक्तले आफ्नो सामु अश्लिल नृत्य गर्दै कपडा उतार्ने गरेको पनि आरोप लगाएकी छिन् । साथमा डोलीले राधे माँले ड्रक्सको कारोबार पनि गर्ने गरेको आरोप लगाएकी छिन् । डोलीको उजुरीको आधारमा प्रहरीले राधे माँको विरुद्ध मुद्दा दायर गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो आरोप दर्ता भएपछि आफूलाई फरक-फरक नम्बरबाट फोन गर्दै धम्की आइरहेको डोलीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment