Comments Add Comment

जनजाति नेताहरुलाई प्रधानमन्त्रीले भने- सानोतिनो बहानामा आन्दोलन नगर्नुस्

Sushil-with-Janajati

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालासँग सानोतिनो बहानामा आन्दोलन नगर्न जनजाति नेताहरुलाई आग्रह गरेका छन् ।

आन्दोलनरत आदिवासी-जनजाति बृहत् संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले बुधबार बिहान बालुवाटार पुगेर कोइरालालाई भेटेका थिए ।

भेटमा प्रधानमन्त्री कोइरालाले सबै समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताको माध्यमबाट गर्न सकिने भन्दै उत्तेजक र हिंसात्मक आन्दोलनमा नजान जनजाति नेताहरुलाई अनुरोध गरेका छन् । ‘तपाईँहरुको मागका सम्बन्धमा म आफैँ अरु दलहरुसँग कुरा गर्दछु’ प्रधानमन्त्री कोइरालाले भने-‘तर सानोतिनो बहानामा आन्दोलन नहोस् ।’

प्रधानमन्त्री कोइरालाले कैलाली, पर्सा, वारा लगायतका जिल्लामा भएको जनधनको क्षति निकै दुःखद् भएको बताए ।

मुलुकलाई द्वन्द्वमा जानबाट सबैले रोक्नु पर्ने भन्दै काउरालाले भने-‘यो पत्थरको लकिर पनि होइन र यो नै अन्तिम लेनदेन पनि होइन । गतिशील संविधानमा आज मिलेन भन्दैमा भोली नहुने कुरा छैन ।’

बृहत् संयुक्त संघर्ष समितिमा रहेका आदिवासी-जनजाति नेताहरुले जनजाति आयोग गठन गर्नु पर्ने, प्रदेशको संरचनामा जातीय सम्बन्ध र बसोवासलाई सघन हुने गरी बनाउनु पर्ने, संविधानमा समानुपातिक समावेशी भन्ने बाक्यांश राखिनु पर्ने लगायतका मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment