Comments Add Comment

मधेस बन्द हुँदा कालीमाटीमा तरकारीको भाउ घट्यो

रविन्द्र घिमिरे

१६ भदौ, काठमाडौं । तीन हप्तादेखि तराईमा जारी बन्दका कारण काठमाडौंको कालीमाटी तरकारी बजारमा हरियो तरकारीको भाउ घटेको छ । विभिन्न जिल्लाबाट तराई क्षेत्रमा जाने तरकारी बन्दका कारण काठमाडौंमै भित्रिएपछि तीनदेखि राजधानीमा तरकारीको मूल्य ओरालो लाग्न सुरु गरेको तरकारी तथा फलफूल तथा व्यवसायी महासंघले जनाएको छ ।

vegitable price list_1

शनिबार थोकमा ५५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको गोलभेडा अहिले ३५ रुपैयाँमा झरेको महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

यस्तै शनिबार ६५ देखि ७० रुपैयाँ प्रतिकेजी थोक मूल्यमा बिक्री भएको काउली अहिले घटेर ४५ रुपैयाँमा झरेको छ । महासंघका अनुसार ५० देखि ४५ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको लोकल काँक्रो ३० रुपैयाँमा आइपुगेको छ ।

यसैगरी बन्दा प्रतिकेजी ५५ रुपैयाँबाट ३५ रुपैयाँ भएको छ । किलोको ४५ रुपैयाँ रहेको भिन्डी घटेर ३० रुपैयाँमा आएको छ । घिरौंला पनि घटेर ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । सिमीको मूल्यमा पनि किलोको २० रुपैयाँ घटेर प्रतिकेजी २५ रुपैयाँमा झरेको छ । धेरैजसो हरियो तरकारीमा किलोको १५ देखि २० रुपैयाँ घटेको अध्यक्ष घिमिरेले बताए ।

यो सिजनमा तराईमा खासै तरकारी उत्पादन नहुने भएकाले पहाडी क्षेत्रको तरकारी जाने गरेको थियो । तर, लगातारको बन्दले तराईमा तरकारीको बजार नपाएपछि किसान तथा स्थानीय थोक व्यापारीले तरकारी काठमाडौं नै ल्याएका छन् । यो सिजनमा मध्यपहाडी क्षेत्रका धादिङ, काभ्रे, मकवानपुर लगायतका क्षेत्रमा ठूलो मात्रामा तरकारी उत्पादन हुने गरेको छ ।

उपभोक्ता ठगिए

कालीमाटीमा थोक मूल्य घटे पनि उपभोक्ताको सिधा पहँुच हुने तरकारी पसल र बजारमा भने खासै मुल्य घटेको पाईँदैन । थोक मूल्यमा २० प्रतिशतसम्म मूल्य बढाएर खुद्रामा बेच्नुपर्ने तरकारी साना व्यापारीहरुले दोब्ब्रसम्म मूल्य राखेर उपभोक्तालाई ठग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment