Comments Add Comment

निर्माताको स्पष्टिकरण-‘म संचारमन्त्रीको संरक्षणमा छैन’

madukumar-shrestha
चलचित्र ‘बजार, विन्दास, विन्दास २ र स्काउट’का निर्माता मधुकुमार श्रेष्ठले आफू संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको संरक्षणमा नरहेको बताएका छन् । संचारमाध्यममा आफू मन्त्री रिजालको संरक्षणको रुपमा रहेको डन भनेर समाचार आएको भन्दै उनले यस बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

आफू लामो समयदेखि व्यवसायमा संलग्न भएको भन्दै केही समयदेखि चलचित्र निर्माण पनि गरिरहेको उनले बताएका छन् । डन र गुण्डागर्दी समाजमा हुनु हुदैन भन्ने  बिषयमा आफूले चलचित्र ‘बजार’ नै बनाएको भन्दै उनले आफ्नो संलग्नता नरहेको बिषयलाई जोडेर समाचार आएको भन्दै प्रेस विज्ञप्ती निकालेका हुन् । मधुले आफ्नो आजसम्म कुनै पनि सार्वजनिक मुद्दा नरहेको भन्दै प्रमाण लिएर आएको खण्डमा सजायँ भोग्न पनि तयार रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले कानुन भन्दा ठूलो अरु केही नभएको आफूले वुझेको पनि विज्ञप्तीमा लेखेका छन् । उनले आफू यस्तो कुनै पनि कानुन विपरितका काममा नलागेको भन्दै यस्ता हल्लाको पछि नलाग्न आफ्ना शुभचिन्तकलाई पनि आग्रह गरेका छन् । madu-k-shrestha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment