Comments Add Comment

फेसबुक स्टाटसलाई लिएर आङकाजी शेर्पा पक्राउ

ang kaji sherpa१६ भदौ, काठमाडौं । समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेपालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ ।

टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।

साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment