Comments Add Comment

हजारका नोट फोटोकपी गरेर बेच्ने युवक प्रहरी फन्दामा

Dipak-Neupane,-Nuwakot,-arr

१६ भदौ, काठमाडौं । रंगिन फोटोकपी मेसिनबाट एक हजारका नोटहरु फोटो कपी गर्ने एक युवालाईर् प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नुवाकोटको बागेश्वरी गाविस ७ घर भइ काठमाडौंको नेपालटार बस्ने २० वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको हो ।

उनको साथबाट १३५ वटा नक्कली नोट, फेटोकपी गर्दै गरेको अवस्थाको १३ कपी र पि्रन्टर बरामद भएको छ । ग्रामिण आर्दश बहुमुखी क्याम्पसमा बीए पहिलो वर्ष अध्ययन गर्दै गरेका न्यौपाने प्राइम लाइफ वैदेशिक रोजगार म्यादी जीवन विमाका कार्यरत कर्मचारी थिए ।

नक्कली नोट कारवार भइरहेको आशंकामा प्रहरीले सुराकी खटाएको र त्यही क्रममा न्यौपाने पक्राउ गरेको डीएपी विश्वमणि पोखरेलले बताए । उनका अनुसार यस्तो नोट बढी भिडभाड हुने वसपार्क क्षेत्रमा प्रयोग हुन गरेको पाइएको छ ।

कसरी बनाए नक्कली नोट ?

फोटो कपीको काम गर्दै आएका उनले हजारको नोटको रंगिन फोटो कप गरेरे हेरे । खासै फरक देखेनन् र पर्समा बोकेर हिँडे । उनका अनुसार एक दिन गेष्ट हाउसमा बस्न जाँदा त्यहाँका केही युवाहरुले त्यो नोटे देखे ।

Nakkali-Note

न्यौपानेले भने- पर्समा बोकेको थिएँ । उनीहरुले देखे र बना भने । ७/८ दिन फोन गरेपछि मैले उनीहरुलाई १६ बटा दिएँ ।’ उनका अनुसार हजारको १६ वटा नक्कली नोट दिँदा उनले मात्र ४०० रुपैयाँ पाएका थिए । उनले भने-‘मैले पैसा बार्गेनिङ गरेको थिइँन । उनीहरुले केही पैसा दिएका थिए । हेर्दा ४ सय रहेछ ।’

उनले आफूले नक्कली नोटको अन्यत्र कारबार गरेको छैन । तर, प्रहरीले भने अरुको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको बताएको छ ।

उमेर नै यस्तो रहेछ

बीए पहिलो वर्ष अध्ययन गर्दै गरेका उनलाई नक्कली नोट बनाउँदा कारबाही हुन्छ भन्ने थाहा नहुने कुरा भएन । किन यसो गरेको भन्ने प्रश्नमा न्यौपानेले भने-‘जेनेरेशन नै यस्तै रहेछ । नराम्रो काम धमेलिने उमेर रहेछ सर ।’

उनीमागि मुलुकी ऐन २०२० अन्तर्गत खोटाचलन मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment