Comments Add Comment

टेलिभिजनमा आउनुअघि के गर्थे यी कलाकार ?

भारतीय टेलिभिजन च्यानलबाट प्रशारित हुने सिरियलका कलाकारका आफ्नै खालका प्रशंसक छन् । विभिन्न सिरियलमा फरक चरित्रमा देखिएका यी कलाकार विशेषतः गृहणीका विचमा बढी लोकपि्रय छन् ।

tv-star
दिव्यंका त्रिपाठी र रागिनी खन्ना

सिरियलमा काम गरेर चर्चामा आएका कलाकारहरुको विगत कस्तो थियो भनेर भारतीय सञ्चारमाध्यमले खोजी गरेका छन् । अहिले चर्चामा रहेका कलाकारमध्ये केही नृत्य प्रशिक्षक त कोही पर्वतारोही रहेको पाइएको छ ।

दिव्यंका त्रिपाठीः सानो पर्दामा इशित भल्लाको नामबाट परिचित छिन् दिव्यंका त्रिपाठी । उनी पर्वतारोही पनि हुन् । उत्तरकाशीमा रहेको नेहरु इन्स्िटच्युट अफ माउन्टेनियरिङबाट पर्वतारोहण प्रशिक्षण लिएकी छिन् उनले । यी सुन्दरी नायिका सुटिङकी गोल्डमेडलिष्ट पनि हुन् । सन् २००५ मा भएको मिस भोपालमा उनले उपाधी जितेकी थिइन् ।

अली असगर:  टेलिभिजन दुनियाकी हजुरआमा भनिने अली असगर मुम्बईको इन्स्िटच्युट अफ होटल मेनेजमेन्टका विद्यार्थी हुन् । पढाई पूरा गरेलगत्तै विदेशको एक होटलमा काम पनि गरे । तर, उनलाई होटलको काम चित्त बुझेन र छाडे ।

असगरले सबैभन्दा पहिला दुरदर्शनबाट प्रशारण हुने सिरियल ‘एक दो तीन चार’ मा काम गरेका थिए । त्यसपछि पनि केही सिरियलमा काम गरेका अलीले असली पहिचान ‘कमेडी नाईट्स वीथ कपिल’ बाट बनाएका हुन् ।

रागिनी खन्नाः रागिनी नाताले गोबिन्दाकी भतिजी हुन् । ‘ससुराल गेन्दा फूल’ बाट चर्चामा आएकी रागिनीले मुम्बई युनिभर्सीटीबाट कमर्समा मास्टर्स गरेकी छिन् । उनले अहिलेसम्म २५ भन्दा बढी विज्ञापनमा काम गरेकी छिन् ।

दृष्टि धामी र दीपिका कक्कर
दृष्टि धामी र दीपिका कक्कर

दृष्टि धामीः अहिले दृष्टि सानो पर्दाको मधुबाला मानिन्छिन् । झलक दिखलाजाको छैठौ सिजनकी बिजेता बनेकी दृष्टि फिल्म उद्योगमा आउनुअघि नृत्य प्रशिक्षक थिइन् ।

सुनिल ग्रोवरः कमेडी नाइट्स वीथ कपिलमा गुत्थीको भुमिका निर्वाह गरेर चर्चामा आएका सुनील ग्रोवर यसअघि रेडियो जक्की थिए । रेडियो मिर्चीमा उनी ‘हंसी के फुंहारे’ कार्यक्रम प्रस्तुत गर्थे ।

करन मेहराः स्टार प्लसवाट प्रशारण भएको ‘ये रिश्ता क्या कहलाता’ वाट चर्चामा आएका थिए करन मेहरा । नेशनल इन्स्टीच्युट अफ फेसन टेक्नोलोजी अध्ययन गरेका करन सुरुमा सहायक निर्देशक थिए । उनले राजु हिरानी र रामगोपाल बर्माको केही फिल्ममा सहायक निर्देशक भएर काम गरेका थिए ।

दीपिका कक्करः टिभी सिरियल ‘ससुराल सिमर में’ मा सिमरको भुमिका निर्वाह गरेकी दीपिकाले ३ वर्ष एअरहोस्टेजको जागीर खाएकी थिइन् । उनको पहिलो सिरियल ‘देवी’ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment