Comments Add Comment

जियोनीले भित्राउँदैछ स्टाइलिस स्मार्टफोन

१६ भदौ, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता जियोनीको नयाँ मोडल ‘एफ १०३’ नेपालमा आउने भएको छ । छिट्टै नेपाली बजारमा ल्याउन लागिएको यो मोडल आकर्षक डिजाइनमा उपलब्ध छ ।

जियोनीले यस मोडलमार्फत डिजाइनमा ध्यान दिने ग्राहकहरु आकषिर्त गर्ने लक्ष्य राखेको छ । यसमा ‘मिरर डिजाइन’ अर्थात पोलिस गरिएको सिसाको फिनिसिङ कभर प्रयोग गरिएको छ ।

Gionee-F103-mobile

मोबाइलमा सिल्भर मेटल कोटिङ फ्रेम राखिएको छ । जसले गर्दा मोबाइल आकर्षक देखिन्छ । फोनको डायमण्ड आकारले सजिलै समात्न सकिन्छ ।

दुई सीम प्रयोग गर्न मिल्ने मोबाइलमा ५ इञ्चको एचडी आइपीएस डिस्प्ले रहेको छ । यसमा दुईवटै सीम फोर जी प्रयोग गर्न मिल्छ ।

एफ १०३ मा १.३ गीगाहर्ज क्वार्डकोर प्रसोसर रहेको छ । एण्ड्रोइड ५.० मा आधारित जियोनीको आफ्नै सफ्टवेर अमिगो ३.० प्रयोग गरिएको छ । मोबाइलमा १६ जीबी इन्टरनले मेमोरी रहेको छ । जसलाई एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिन्छ ।

मोबाइलमा २ जीबी र्‍याम रहेको छ । थि्रडी सराउण्ड साउण्ड सिष्टम भएको हूँदा फिल्म तथा गीतका भिडियो हेर्न मज्जा आउने कम्पनीको दाबी छ ।

मोबाइलमा रियर क्यामेरा ८ मेगापिक्सलको छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सलको छ । सेल्फीका पारखीलाई मध्यनजर गर्दै अगाडिको क्यामेरा उच्च क्षमताको राखिएको छ ।

२४०० एमएएचको ब्याट्रीसहित मोबाइलमा एक्स्त्रिम मोड रहेको छ । जसले ५ प्रतिशत ब्याट्रीमा पनि फोनलाई १६ घण्टाको स्ट्यान्ड बाइ टाइम र १.३ घण्टाको टक टाइम प्रदान गर्नेछ । डिस्प्ले बन्द हुँदा समेत जेस्चर कन्ट्रोल मोबाइलमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा यसको मूल्य १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । कम मूल्यमा आकर्षक फिचरसहितको मोबाइल पाइने हुँदा ‘एफ १०३’ मोडलले उपभोक्ताको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment