Comments Add Comment

गिरिजाप्रसादको सालिक ढाल्नु गणतन्त्रमाथि नै प्रहार : प्रचण्ड

फाइल तस्वीर
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनको नाममा गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्नु सामान्य कुरा नभएको बताएका छन् ।

बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रचण्डले भने-‘गिरिजाबाबु गणतन्त्रका लागि लडेका नेता थिए । उनको सालिक ढाल्नु कुनै न कुनै रुपमा गणतन्त्रमाथि नै प्रहार हो ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको आन्दोलनका क्रममा सोमबार राति वीरगञ्जमा रहेको कोइरालाको सालिक अन्दालेनकारीले ढालेका थिए ।

प्रचण्डले पार्टीले अहिले कांग्रेस र एमालेलाई अधिकतम जनताका एजेण्डा सम्बोधन गर्न दबाव दिने र आन्दोलनरत पक्षलाई सहमति ल्याएर संविधान जारी गराउने वातावरण बनाउनु पर्ने दोहोरो जिम्मेवारी निभाउनु परेको बताए ।

एमाओवादी सभासद हरिबोज गजुरेलका अनुसार संविधानको विधेयकमा संशोधन दर्ताबारे भने १८ गते निर्णय हुनेछ । उनले भने-कुनमा संयुक्त र कुनमा व्यक्तिगत संशोधन राख्ने भन्ने कुनै निर्णय भएको छैन ।’

यो पनि पढ्नुस्

लेनिन र सद्दामजस्तै गरी ढल्यो गिरिजाको शालिक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment