Comments Add Comment

भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा … (फोटो फिचर)

Gaijatra At Bhaktpur (1)
१६ भदौ, काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्पमा परी भक्तपुरमा मृत्यु भएकाहरुको सम्झनामा सामूहिक रुपमा गाईजात्रा पर्व मनाइएको छ ।

मानवीय आस्था नेपाल नामको संस्थाको ब्यानरमा बुधबार भक्तपुर सामुहिक गाईजात्रा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरु परम्परागत भेषभुषामा सजिएका थिए भने हातमा मृतकका तस्वीर लिएका थिए । घिन्ताकिसी नाच र बाजागाजासहित नगरको परिक्रमा समेत गरिएको थियो ।

Gaijatra At Bhaktpur (3)

बाराहीस्थानबाट सुरु भएको र्‍याली बिभिन्न टोल परिक्रमा गर्दै पुनः बाराहीस्थानमै आएर सम्पन्न भएको थियो । र्‍यालीमा मृतकका आफन्त, पर्यटन व्यवसायी तथा आन्तरिक र बाह्य पर्यटकको उपस्थिति थियो ।

गत वैशाखको भूकम्पमा भक्तपुरमा ३४३ जनाको मृत्यु भएको थियो ।

Gaijatra At Bhaktpur (2) Gaijatra At Bhaktpur (4) Gaijatra At Bhaktpur (6) Gaijatra At Bhaktpur (7) Gaijatra At Bhaktpur (8) Gaijatra At Bhaktpur (9)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment