Comments Add Comment

यी हुन् रंगमञ्चबाट उठेका बलिउड हस्ती

बलिउडमा बेजोड अभिनयका लागि चर्चित छन् ओम पुरी, परेश रावल, नसीरुद्दिन शाह र मनोज बाजपेयी । यी चार कलाकारमा अर्को समानता पनि छ । उनीहरु सबै रंगमञ्चको पृष्ठभूमिबाट आएका हुन् ।

पछिल्लो पुस्ताको कुरा गरौं । केही यस्ता कलाकार बलिउडमा आएका छन्, जसको करिअर रंगमञ्चबाट सुरु भएको थियो । छोटै भुमिकामा पनि प्रभावशाली अभिनय गर्दै आएका केही कलाकार यस्ता छन् ।

नवाजुद्दिन सिद्दीकीnawazuddin-siddiqui
शानदार, जर्बजस्त, जिन्दाबाद । चलचित्र ‘माझी द माउन्टेन’मा अभिनेता नवाजुद्दिनले बोलेको यो संवाद चर्चित भयो । उनका हरेक फिल्म उत्तिकै प्रभावशाली छन् । कुनै बेला जिबिकोपार्जनका लागि सेक्युरिटी गार्डको जागीर खाएका यी कलाकारले सन् १९९६ मा नेशनल स्कुल अफ ड्रामाबाट डिग्री गरेका थिए । त्यसपछि पनि सजिलै काम पाएनन् । केही समय बलिउडमा संघर्ष गरेपछि ‘सरफरोश’ मा अभिनय गर्ने अवसर पाए । केही चलचित्रमा सामान्य भुमिका निर्वाह गर्दै अघि बढेका नवाजुद्दिन अहिले बलिउडका नामी अभिनेताको सूचीमा दरिन्छन् ।

राजकुमार राव
rajkumar-rawaराजकुमार राव बलिउडका यस्ता कलाकार हुन् जसको बेजोड अभिनयले ठूला स्टारलाई समेत छायाँमा पारिदिन्छ । नेसनल अवार्ड विजेता राजकुमार फिल्म एण्ड टेलिभिजन इन्स्िटच्युट पूणेका विद्यार्थी हुन् । दिल्लीमा अध्ययन गर्ने क्रममा उनी थिएटरमा जोडिएका थिए । ‘लभ सेक्स और धोखा’ बाट अभिनय सुरु गरेका राजकुमारले शाहिद, काई पो चे, सिटी लाईट लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

मोहम्मद जिशान अयुब
Mohammed-Zeeshan-Ayyub-,Dha copy
बेजोड अभिनय क्षमता भएका मोहम्मद जिशानले २०१३ मा ‘राझणा’ मा अभिनय गरेका थिए । उनी पनि कलेज पढ्दै गर्दा ‘नेसनल स्कुल अफ ड्रामा’ मा भर्ना भएका थिए । नो वन किल्ड जेसिकाबाट अभिनय सुरु गरेका मोहम्मदले शाहिद, जन्नत-२, तनु वेड्स मनु जस्ता फिल्ममा काम गरेका छन् । शाहरुखको नयाँ फिल्म ‘रईस’ मा पनि उनले अभिनय गर्ने भएका छन् ।

दीपक डोबरियाल
deepak-dobriyal
तनु वेड्स मनु का पप्पी जी उत्तराखण्डका वासिन्दा हुन् । थिएटरमा रुची राख्ने यी कलाकारले पनि अभिनयमा पहिचान स्थापित गर्नका लागि कम्ति संघर्ष गर्नु परेको थिएन । मकबुल, दिल्ली ६, दबंग-२ जस्ता चलचित्रमा काम गरेका यी कलाकारले तनु वेड्स मुन-२ मा काम गरेपछि कुशल अभिनेताको छाप छोडेका थिए ।

प्रशान्त नारायण
prashanta
मर्डर-२ मा अभिनय गरेपछि प्रशान्तको चर्चा ब्यापक भएको थियो । केरलामा जन्मिएका प्रशान्त पनि कलेज पढ्दा पढ्दै थिएटरमा जोडिएका थिए । एक्ट वन थिएटरमा जोडिएका प्रशान्तले सन १९९१मा बलिउड प्रवेश गरेका थिए । एक्ट वन थिएटर त्यही हो जहाँ मनोज बाजपेयी, आशिष विद्यार्थी लगायतका कलाकारले पनि अध्ययन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment