Comments Add Comment

कांग्रेसमा ह्विप अवज्ञाको चेतावनी

१७ भदौ, काठमाडौं । कांग्रेसका मधेस र जनजाति सभासद्हरूले तराईलगायतका क्षेत्रमा भएको विभिन्न समूहको आन्दोलन तत्काल वार्ताबाट समाधान गर्न नेतृत्वलाई दबाब दिएका छन्।

congress-flagसंसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने दजर्नभन्दा बढी सभासद्हरूले आन्दोलनलाई बेवास्ता गरेर बलजफ्ती संविधान जारी गर्नेतर्फ अघि नबढ्न नेतृत्वलाई चुनौती दिएका हुन्। बैठकमा सभासद्हरू तेजुलाल चौधरी, पद्मनारायण चौधरी, डिल्ली चौधरी, फरमुल्ला मनसुर, ढिकबहादुर लिम्बु, रामकृष्ण यादवलगायत सभासद्हरूले मधेसी, दलित, महिला, मुस्लिम र थारूहरूको माग तत्काल सम्बोधन गर्न नेतृत्वलाई दबाब दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनीहरूले माग सम्बोधन नगरी पेलेर संविधान जारी हुने अवस्था आए विरोधमा उत्रने चेतावनी नेतृत्वलाई दिए। ‘तराईमा भएको आन्दोलनको माग सम्बोधन भएन भने हामी आन्दोलनमा जानुपर्ने हुन्छ’, बैठकमा सभासद् तेजुलाल चौधरीको भनाई उद्धृत गर्दे एक सभासद्ले भने, ‘नेतृत्वले तत्काल थारू, मधेसी, जनजाति, दलितलगायतका समुदायसँग वार्ता गरेर उनीहरूको माग सम्बोधन गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment