Comments Add Comment

‘सन्नीका कारण भारतमा बलात्कार बढ्यो’

sunny

मुम्बई । कम्युनिष्ट पार्टी अफ इण्डिया (सीपीआई)का बरिष्ठ नेता अतुल अन्जानले नायिका सन्नी लियोनीको कारण भारतमा बलात्कारका घटना बढेको आरोप लगाएका छन् ।

उत्तर प्रदेशको गाजीपुरमा आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै उनले सन्नीको कारण भारतीय युवापुस्ता भ्रष्ट हुनसक्ने आशंका ब्यक्त गरे । सन्नीलाई बिग्रिएकी महिला भनेर टिप्पणी गरेका अतुलले पछिल्लो समय सन्नीले मोडलिङ गरेको विज्ञापनले युवाहरुलाई भड्काएको आरोप लगाए ।

कण्डमको विज्ञापनमा सन्नीले संवेदना बिर्सिएको भन्दै कतिपय दृष्य विभत्स भएको आरोप लगाए । टेलिभिजन र पत्रपत्रिकाले कण्डमको विज्ञापन गरिदिंदा समाज भ्रष्ट भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment