Comments Add Comment

राष्ट्रिय प्रशारण नपुगेका ठाउँमा लघु जलविद्युत

१७ भदौ, तनहुँ । जिल्लामा विद्युत् सेवा नपुगेका र आंशिक रुपमा विद्युत् सेवा पुगेका केही गाविसमा जिल्ला विकास समिति तनहुँले लघुजलविद्युत् सेवा विस्तार गरेको छ ।

Small Hydropower

जिल्लामा जिविस तनहुँमार्फत सम्पन्न भएका १४ वटा लघुजलविद्युत्बाट विद्युत् सेवा नपुगेका गाविसमा दुई सय सात किलोवाट विद्युत् उत्पादन गरी विद्युत् सेवा विस्तार गरेको हो ।

जिल्लाको देउराली, काँहुशिवपुर, छिम्केश्वरी, कोटदरबार, राइपुर, गजरकोट, कोटालगायत १० गाविसमा लघुजलविद्युत्मार्फत विद्युत् सेवा विस्तार गर्दा त्यस क्षेत्रका एक हजार सात सय ५२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

जिविस तनहुँले दिएको जानकारीअनुसार काँहुशिवपुर गाविसमा रहेको दिउले खोला लघुजलविद्युत् परियोजना २२ किलोवाट, कोटदरबार गाविसस्थित लिखिन्दी खोला जलविद्युत् परियोजना २० किलोवाट, वैदी गाविसस्थित छेराङ्ग खोला जलविद्युत् परियोजना ३५ किलोवाट, कोटा गाविसस्थित वर्षाखोला जलविद्युत् परियोजना २३ किलोवाट, छिम्केश्वरी गाविसस्थित नेवा खोला परियोजनाबाट ६ किलोवाट विद्युत् उत्पादन हुँदै आएको छ ।

त्यसैगरी जिल्लाको वैदी, देउराली, राइपुर र देवघाटमा सम्पन्न भएका पाँच पोल्टिक सोलारबाट १३ किलोवाट विद्युत् उत्पादन भई एक सय ५० घरधुरी लाभान्वित भएको जिविस तनहुँले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment