Comments Add Comment

मल कारखानाको सम्भाव्यता अध्ययन भारतीय कम्पनीले पाउने निश्चित

१७, भदौ, काठमाडौं । नेपालमा रासायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तिम प्रतिस्पर्धामा दुई भारतीय कम्पनीहरु मात्र छन् ।

अध्ययनका लागि प्रस्ताव गरेका कम्पनीहरुको प्राविधिक मूल्यांकन सकिएको लगानी बोर्डले जनाएको छ । प्राविधिक मूल्यांकनमा अन्तिम प्रतिस्पर्धामा रहेका तीन विदेशी कम्पनीमध्ये बेलायती ज्याकोब्स कन्सल्टेन्सी कम्पनी अयोग्य ठहरिएको छ ।

Fortilizer Project
उद्योग स्थापनाका चरणहरु । स्रोतः लगानी बोर्ड

यसअघि पहिलो चरणमा भारतको एसोसियसन अफ टाटा कन्सल्टेन्सी छनौट प्रक्रियाबाट बाहिरिइसकेको थियो । अब बाँकी रहेका दुई कम्पनीको आर्थिक प्रस्तावमाथिको मूल्यांकन यसै हप्ता सेप्टेम्बर ७ तारिखमा हुने बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले जानकारी दिए ।

अब भारतीय कम्पनी इन्फास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन र प्रोजेक्ट एन्ड डेभलपमेन्ट लिमिटेडमध्ये एकले मल उद्योग स्थापना सम्बन्धी अध्ययनको जिम्मा पाउनेछन् । एक वर्षभित्र सम्भाव्यता अध्ययन सकिएपछि सरकारले मल कारखाना खोल्न चाहने कम्पनीको लागि प्रस्ताव आह्वान गर्नेछ । उपयुक्त प्रस्ताव गर्ने कम्पनिले सार्वजनिक निजी साझेदारीको मोडालिटीमा नेपालमा मल कारखाना खोल्ने ओझाले बताए ।

सरकारले गत आर्थिक वर्षदेखि रासायनिक मल उद्योग स्थापनाको प्रक्रिया सुरु गरेको थियो । अब अध्ययन सहित मल कारखानाको निर्माण सुरु हुन दुई देखि अढाई वर्ष समय लाग्ने ओझाको भनाई छ ।

झण्डै १ खर्ब ४० अर्व रुपैयाँ लागत अनुमान गरिएको मल उद्योग स्थापना हुने ठाउँ, बास्तविक लागत र सबै प्राविधिक पक्ष सम्भाव्यता अध्ययनबाट टुंगो लाग्नेछ । भारतबाट वर्षेनी ठूलो मात्रा रासायनिक मल ल्याउनु परेपछि नेपालमै उद्योग बनाउने योजना बनाईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment