Comments Add Comment

ट्विटरमा साहरुखका फ्यान डेढ करोड, मोदी र सलमान पछ्याउँदै

srk-in-twitter
अमिताभ बच्चनपछि बलिउड नायक साहरुख खान ट्विटरमा सवैभन्दा धेरै फलो हुने भारतीय सेलिब्रेटीमा परेका छन् । अमिताभ बच्चनलाई पछ्याउनेको संख्या एक करोड ६७ लाख छ ।

साहरुखलाई ट्विटरमा फलो गर्नेको संख्या डेढ करोड पुगेको छ । साहरुख ट्विटरमा फलो हुने सेलिब्रेटीमा दोश्रा हुन् । उनीपछि आमिर खान र सलमान खान छन् ।

बिहिबार ट्विटरमा आफ्ना फ्यान संख्या डेढ करोड पुगेपछि साहरुखले पनि खुशी बाँडेका छन् । अहिले भारतमा ‘साहरुख १५ मिलियन’ नामको ह्यास ट्यागले ट्रेन्ड गरिरहेको छ ।

विश्वमै चर्चित मानिने बलिउड नायक साहरुख खान सामाजिक संजालमा पनि खुबै सक्रिय छन् । सामाजिक संजालमा आफ्ना फ्यानसँग कुरा गर्ने, भिडियो पोष्ट गरिरहने, स्टाटसदेखि आफ्नो कामको जानकारी दिइरहने भएकाले पनि साहरुखलाई उनका फ्यानले पछ्याएका छन् ।
अमिताभ र साहरुख भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पछि छन् । ट्विटरमा नरेन्द्र मोदीलाई फलो गर्नेको संख्या १ करोड ४७ लाख छ । यस्तै, सलमान खानलाई पछ्याउनेको संख्या १ करोड ३७ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment