Comments Add Comment

नेपाली गीतले सफलता पाएका भारतीय गायक

john-daruwala
बलिउड चलचित्रमा पाश्र्व गायकको रुपमा डेब्यू गर्न लागेका जोहान दारुवाला अहिले नेपाली चलचित्र ‘भैरव’को गीतबाट सफलता पाइरहेका छन् । ‘दिलको मामला’ र ‘नाच भैरे नाच’ बोलको गीतबाट चर्चामा आएका दारुवाला मुम्बइमा बस्छन् ।

दोश्रो पटक नेपाल आएका उनले ‘दिलको मामला’ बोलको गीत गाउनका लागि खुबै मिहिनेत पनि गरेको बताए । नेपाली बोल्न खुबै गाह्रो भएकाले आफूलाई सुरुवातमा गीत गाउन गाह्रो भएको उनको भनाई छ । तर, संगीतकार सुरेश अधिकारीले एकएक शब्दको अर्थ बताएपछि आफूलाई केही सजिलो भएको उनको भनाई छ । सुरुमा ‘दिलको मामला’ बोलको गीत गाएपनि पछि यो गीत राम्रो भएपछि ‘नाच भैरे’ पनि गाएको उनको अनुभव छ ।

उनले आफूले गाएको गीत पर्दामा हेर्दा पनि खुबै मन परेको बताए । यो गीत हेरेपछि आफूलाई मुस्ताङ घुम्न जान मन लागेको अनुभव सुनाए । ५ बर्षको उमेरदेखि नै गाउन सुरु गरेका जोहानले अल इन्डिया म्यूजिक टुर पनि गरिसकेका छन् । उनले हालैमात्र योङ् एचिभमेन्ट अवार्ड पनि पाएको बताए । रिलायन्स कम्पनीसँग उनले आफ्नो संझौता पनि भैसकेको खुलाए ।

आफूले हिन्दी गीतको रेकर्ड पनि गराइसकेको बताउँदै चाडै नै बजारमा ल्याउने उनले बताए । नेपाली चलचित्रका निर्माताबाट आफूलाई अफर आएको बताउँदै उनले सधै नेपाली चलचित्रका गीत गाउने प्रतिबद्धता व्यक्त गरे । जोहानले आफू गायक सोनु निगमबाट प्रभावित भएको पनि खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment