Comments Add Comment

उदयपुरमा फेरि विद्यालय बन्द

१७ भदौ, उदयपुर । दश दिनसम्म निरन्तर बन्दपछि खुलेर छ दिनसम्म सञ्चालनमा आइसकेका सदरमुकाम गाईघाट क्षेत्रका निजी तथा सरकारी विद्यालयलाई विहीबार बन्दकर्ताले फेरि बन्द गराएका छन् ।

Udayapurसङ्घीय समाजवादी फोरम नेपाल र सो पार्टीअन्तर्गतको किरात समितिले विहीबार उदयपुरका निजी तथा सरकारी विद्यालय बन्द गराएका छन् ।

उदयपुर जिल्लाको सदरमुकाम गाइघाटलगायत पूर्वी क्षेत्र बेल्टार नगरपालिका तथा पश्चिमी क्षेत्रका कटारीसहित तराइ भेगका सम्पूर्ण निजी विद्यालय, बजार र यातायात पूर्ण रुपमा बन्द गरिएको सङ्घीय समाजवादी पार्टी उदयपुरले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रसहित जिल्लाको पूर्वी भेगको निजी तथा सरकारी विद्यालय गरेर झन्डै १७० विद्यालयमा पठनपाठन बन्द भएको छ ।

जिल्लाको कटारी क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गराइएको सङ्घीय समाजवादी फोरम उदयपुरका जिल्ला सचिव प्रदीपकुमार चौधरीले बताए ।

बजार र यातायात बन्द गराए पनि बन्दकर्ताले छ दिनदेखि जिल्लाका विद्यालय भने आंशिक रुपमा सञ्चालन गर्न दिएका थिए ।

किरात समितिले अहिले बन्न लागेको संविधानमा पहिचानसहितको सङ्घीयता कायम गर्न दबाब दिन विद्यालय बन्द गराइएको समितिका उदयपुर सदस्य बलदीप राईले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment