Comments Add Comment

नेविसंघले भन्यो-डा. केसीको माग सम्वोधन होस्

१७ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । साथै केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन सबैपक्षलाई आग्रह समेत गरिएको छ ।

nebisanghaनेविसंघ अध्यक्ष रञ्जित कर्णले विहीबार विज्ञप्ति निकालेर केसी आमरण अनसन बसेको दस दिन भैसक्दा पनि सरकारले माग सम्वोधन नगरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

डा. केसीले माग अनुसार माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चिकित्सा चिकित्सा क्षेत्रमा भैरहेको विकृति, विसंगती, अनियमितता रोक्न, र अनियमितता गर्नेहरुलाई कारवाही गर्न नेविसंघले माग समेत गरेको छ ।

नेविसंघले केसीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment