+
+

तपाई वार्ताको पक्षमा कि फटाफट संविधानको ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते १४:५३

Question-Mark

संविधानसभाले फटाफट प्रक्रिया अगाडि बढाइरहेका बेला तराई मधेसमा व्यापक आन्दोलन उठिरहेको छ । यो आन्दोलनसँगै प्रमुख तीन दलका नेताहरु संविधान निर्माणको प्रक्रिया फटाफट अगाडि बढाउने कि केही ढीलो गरेर भए पनि आन्दोलनकारीहरुसँग वार्तामा बस्ने भन्ने अलमलमा परेका छन् ।

नेकपा एमालेका नेताहरु अहिलेको आन्दोलनलाई फेस गरेर संविधान जारी गर्न सकिने निश्कर्षमा छन् । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र कृष्ण सिटौला पनि दायाँ-वायाँ नसोची फटाफट संविधान बनाउन सकिने पक्षमा उभिएका छन् ।

तर, कांग्रेसकै केही नेताहरु सम्वाद र सहमतिबाट अघि बढ्नुपर्ने पक्षमा उभिएका छन् । थारु र जनजातिको मागलाई सम्बोधन नगरी अघि बढ्दा मुलुक द्वन्द्वमा फस्ने कांग्रेस नेता शेखर कोइराला लगायतको तर्क छ । त्यस्तै एमाओवादी र कतिपय नागरिक समाजका अगुवाहरुले पनि सहमतिबाटै अघि बढ्न जोड गरेका छन् । संयुक्त राष्ट्र संघले पनि सरकार र आन्दोलनकारीवीच वार्ता गर्न सुझाव दिएको छ ।

तपाईको विचारमा अब कसरी अगाडि बढ्नु उचित होला ?

१. मधेसी, थारु र जनजातिको मागलाई सम्बोधन नगरी संविधान बन्नै सक्दैन, बने पनि टिक्दैन । देश द्वन्द्वमा फस्छ ।

२. प्रक्रियाबाटै चाँडो संविधान बनाउन प्रमुख दलका नेताहरुले आँट गर्नैपर्छ । विरोध र आन्दोलनकै वीचबाट संविधान जारी गरेर यसलाई टिकाउन सम्भव छ । संविधान बनेपछि आन्दोलन सेलाउँछ ।

३. वार्ता बाहना मात्रै हो । सरकार र मधेसवादी दुबैले वार्ता चाहेकै छैनन् । सरकार संविधान ल्याउने पक्षमा छ, आन्दोलनकारी त्यसलाई जलाउने पक्षमा छन् । त्यसैले वार्ता गरे पनि सहमति हुने विश्वास छैन । संविधान बने पनि झगडा, नबने पनि झगडा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment