Comments Add Comment

सोनमको कम्पनी मनपर्छ ऋतिकलाई

hrithik-and-sonam
नायक ऋतिक रोशन र नायिका सोनम कपुर अहिले केही नजिक देखिएका छन् । चर्चित र्‍यापर हनी सिंहले तयार पारेको म्यूजिक भिडियोमा यो जोडी देखिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा ऋतिकले सोनमसँग काम गर्ने इच्छा जनाएका छन् ।

ऋतिकले आफूलाई सोनमको कम्पनी मनपर्ने पनि बताए । उनले दोश्रो पटक सोनमसँग काम गरेको भन्दै एक अर्काको कम्पनीमा रमाइलो मान्ने पनि बताए । उनले सोनम सधै आफ्नो अनुहारमा मुस्कान बोक्ने भएकाले पनि आफूलाई उनको कम्पनी मनपर्ने बताए । उनले सोनमसँग आफूले एउटा चलचित्रमा काम गर्न आवश्यक रहेको पनि खुलाए ।

यो जोडीले सन् १९९० को चर्चित गीत ‘धिरे धिरे’को रिमेकमा काम गरेको हो । यो गीतमा ऋतिक र सोनमको जोडीलाई खुबै आकर्षक देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment