Comments Add Comment

कर्पोरेट ग्राहकलाई एनसेलको तीनवटा प्याकेज

१७ भदौ, काठमाडौं । एनसेलले कर्पोरेट ग्राहकका लागि ‘एनसेल बिज’ योजना ल्याएको छ । कर्पोरेट ग्राहकका लागि कम्पनीले बिज २९९, बिज ४९९ र बिज ९९९ गरी तीनवटा मासिक योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत कर्पोरेट ग्राहकहरुले कुनैपनि प्याकेज लिएर भ्वाइस, डेटा, एसएमएस सेवाका साथै अफिसका कर्मचारीबीच निःशुल्क कुराकानी गर्न सक्नेछन् ।

ncellनिःशुल्क सियुजी सेवाले कम्पनीलाई बिनाकुनै शुल्क आफ्ना कर्मचारीसँग अथाह कुरा गर्न सम्भव बनाउँछ । साथै एनसेल बिजमा सम्पूर्ण कर्पोरेट ग्राहकहरुका लागी समान तथा सरल ट्यारिफ योजना पनि रहेको छ ।

एनसेल बिजको बिज ‘२९९’ योजनामा अब एनसेलका कर्पोरेट ग्राहकले मात्र २९९ रुपैयाँको मासिक शुल्कमा कुनै पनि नेटर्वकमा ७५ मिनेटको टक टाइम, २५ एमबी डेटा र २५ एसएमएसका साथै निःशुल्क सियुजी सेवाको मज्जा लिन सक्नेछन् ।

त्यस्तै ‘बिज ४९९’ अन्तर्गत मासिक शुल्क ४९९ रुपैयाँमा ग्राहकले कुनै पनि नेटर्वकमा ३५० मिनेटको टक टाइम, ५० एमबी डेटा तथा ५० वटा एसएमएस र निःशुल्क सियुजी सेवा प्राप्त गर्नेेछन् ।

‘बिज ९९९’ अन्तर्गत ग्राहकले मासिक ९९९ रुपैयाँमा कुनै पनि नेटर्वकमा ५५० मिनेटको टक टाइम, ५५० एमबी डेटा तथा १५० वटा एसएमएस र निःशुल्क सियुजी सेवा प्राप्त गर्न सक्नेछन् । शुल्क करसहित हो ।

‘कर्पोरेट ग्राहकलाई विभिन्न सल्युसन्स् उपलब्ध गराउने हाम्रो उद्देश्यअनुरुप एनसेल बिज प्लान ल्याएका हौं । यसले ग्राहकलाई आकर्षक दरमा आफ्नो व्यवसाय, परिवार तथा साथिहरुसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास छ’ एनसेलका इन्टरप्राइज विभागका निर्देशक प्रणय आचार्यले भने ।

एनसेल बिज यही भदौ १८ गतेबाट लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment