Comments Add Comment

धर्मनिरपेक्षता हटाउन माग गर्दै शेखर कोइरालाले संशोधन दर्ता गराए

sekher-koirala-1

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद डा. शेखर कोइरालाले संविधानबाट धर्म निरपेक्षता र ‘समाजवादाेन्मूख’ शब्द हटाउने माग गर्दै पार्टीको निर्देशन विपरीत संविधानसभा सचिवायलमा संशेाधन प्रस्ताव दर्ता गरेका छन् ।

संविधानको विधेयक संशोधन गरी धर्म निरपेक्षता शब्द हटाइनुपर्ने डा. कोइरालाको प्रस्तावमा उल्लेख छ । कोइरालाले १२ वटा बुँदामा संशोधन प्रस्ताव पेश गरेका हुन् ।

सिटौलालाई चुनौती : मलाई कारवाही गरे हुन्छ

नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव नहाल्न सभासदहरुलाई निर्देशन दिएको थियो । पार्टी महामन्त्री कृष्णप्रसाद सिटौलाले दलको बैठकमा भनेका थिए, ‘कसैले पनि संविधानको मस्यौदामा संशोधन प्रस्ताव नहाल्नुहोला ।’

महामन्त्रीको निर्देशनविपरीत किन संशोधन प्रस्ताव हालेको भन्ने अनलाइनखबरको प्रश्नमा डा. कोइरालाले भने-‘उहाँले हाम्रो कुरा सुन्दै सुन्नुभएन, त्यसैले मलाई पार्टीबाट कारवाही गरे हुन्छ ।’

नेपाली कांग्रेस बहुलवादमा आधारित पार्टी भएकाले आफूले कांग्रेसको मौलिकतालाई गुम्न नदिने डा. कोइरालाले बताए । उनले महामन्त्री सिटौलाप्रति गुनासो गर्दै भने-‘उहाँले हाम्रो कुरा सुनेका र त्यसलाई सम्बोधन गरेको भए मैले यसरी व्यक्तिगत रुपमा संशेाधन प्रस्ताव दर्ता गर्नैपर्ने थिएन ।’

सेनापरिचालनको अधिकार राष्ट्रपतिलाई दिन माग

डा. कोइरालाले संविधानसभा सचिवालयमा दर्ता गरेको १२ बुँदे संशोधनमा सेना परिचालनको अधिकार सुरक्षा परिषदलाई नभई राष्ट्रपतिलाई दिइनुपर्ने माग गरिएको छ ।

त्यसैगरी संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ खारेज गर्न माग गरिएको छ ।

डा. कोइरालाले पेश गरेको संशोधन प्रस्तावमा न्यायाधीश एवं संवैधानिक निकायका पदाधिकारीको कामको अनुगमन र मुल्यांकन संसदीय समितिले गर्ने प्रावधानसमेत खारेज गर्न माग गरिएको छ ।

साथै संविधानमा बहुलवाद शब्द राख्न डा. कोइरालाले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment