Comments Add Comment

क्यान्सर पीडित थापालाई नेविसंघ युकेको आर्थिक सहयोग

१८ भदौ, काठमाडौँ । नेपाल विद्यार्थी संघ युकेले ब्लड क्यान्सर पीडित बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । नेविसंघ युकेका कार्यवाहक अध्यक्ष कुश बस्नेतको नेतृत्वमा युकेमा संकलन गरिएको २ लाख २७ हजार रुपैयाँ ब्लड क्यान्सरबाट पीडित धादिङ निलकण्ड-८ की १६ वर्षीया हेमन्तकुमारी थापालाई हस्तान्तरण गरिएको छ ।

Nebisangh-help-Hemanta-Thap

काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा उपचाररत थापालाई शुक्रवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले अस्पतालमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरे ।

नेविसंघ युकेका कार्यवाहक अध्यक्ष कुश बस्नेत, संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक कुशल घिमिरे, उपाध्यक्षहरु राजन खकुरेल र रेशम बस्यालको सक्रियतामा युकेमा रहेका नेपालीहरुसँग संकलन गरेर ब्लड क्यान्सर पीडित थापाको उपचारका लागि पठाइएका थिए । रकम हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता कोइरालासँगै नेविसंघ पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेविसंघकै नेताहरु उर्मिला थपलिया, निलकण्ठ रिजाल, गोपाल चौलागाईँ लगायतका नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment