Comments Add Comment

प्रहरी हवल्दार हत्या आरोपमा बर्दियाका तीनजना पक्राउ

१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखरमा प्रहरी हवल्दार देवबहादुर पाण्डेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भएको भन्दै मैनापोखर-८ बस्ने नरेश थारु, ५५ वर्षीय रामहरथ थारु र १९ वर्षीय अविनाश थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

Gularia-Nepalganj-Road

  • फाइल तस्वीर

उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बर्दियाको मैनापोखरमा प्रदर्शनकारीहरुको आक्रमणबाट शुक्रबार विहान इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत दाङ लालमटिया-२ घर भइ नेपालगञ्ज उपमहानगरपालिका-२५ कारकाँदो बस्ने प्रहरी हवल्दार पाण्डेको मृत्यु भएको थियो ।

मैनापोखर चोकमा प्रदर्शनकारीहरुले रोकेका सवारी साधनलाई स्कोटिङ गरी पास गराएपछि आक्रोशित प्रदर्शनकारीहरुले प्रहरी माथि ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास सेल र हवाई फायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment