Comments Add Comment

गोरखाको दलित बस्तीमा स्कुल बनाउँन स्पेनबाट सहयोग

spain-help-3बसन्त रानाभाट

बार्सिलोना । देशमा पुन:निर्माणको चर्चा चलिरहेको स्पेनका नेपालीहरुको आँखा गोरखाको दलित बस्तीमा पुगेको छ। बिनाशकारी भूकम्पले क्षतिग्रस्त गोरखाको एक प्राथमिक बिद्यालय पुन:निर्माण कार्यमा स्पेनबासी नेपालीहरु जुटेका हुन्।

एकताको महाधिबेशन गरि स्पेनमा एक जुट बनेको नेपाली जन-प्रगतिशील मञ्च स्पेनले भूकम्पबाट क्षतिग्रस्त गोरखा सौरपानी गाबिस-४ म्यांजीमा करिब ६ लाख रुपैयाँ लागत गर्दै स्कुल बनाउन लागेको हो।

दलित बस्तीमा रहेको मुलदेबी प्राथमिक बिद्यालयको भवन निर्माणका लागि मञ्चका सल्लाहकार गोपाल रेग्मी र सचिव बिशाल ढुंगाना गोरखा पुगेका छन्। रेग्मी र ढुंगानाले स्कुल ब्यबस्थापन समितिलाई सहयोग रकम हस्तान्तरण गर्दै एक कार्यक्रम बिच भवनको शिलान्यास समेत गरेका हुन् ।

शुरुवातको क्षणमा करिब ३ हजार ५ सय युरो नेपाल पुगिसकेको मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालले जानकारी दिए। मञ्चले सहयोग कार्यमामा सघाउने सहयोग दाताहरुको नामावली र सहयोग रकम छिट्टै सार्बजनिक गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment